Logo
८ बैशाख २०८१, शनिबार
(December 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्रजी जस्तो हामि दौडेर सरकारमा जाँदैनौ, आश्वासनले मात्र काम चल्दैन : राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले आश्वासनको भरमा मात्र सरकारमा जान हामीलाई कुनै हत्तारो नरहेको बताएका छन् ।

यद्यपि सरकार सकारात्मक तरिकाले आएमा सरकारलाई सहयोग गर्न आफूहरूलाई कुनै समस्या नरहेको उनलेे बताए ।

‘हाम्रा मागहरु पुरा गर्ने सन्दर्भमा सरकारले आधारहरु तयार पार्यो भने हामी सँगै जान पनि सक्छौ’ नागरिक टाइम्ससँग महतोले भने,’अहिलेसम्म सरकारले कुनै छाँटकाँट देखाएको छैन।सरकार सकारात्मक भएन भने संघर्षको बाटो तय हुन्छ।’

महतोले पार्टीले राखेका मागहरु सम्बोधन गर्न तयार भएमा वर्तमान सरकारलाई सहयोग र समर्थन गर्न सकिने बताउदै उनलेे माग पुरा गर्ने आश्वासनकै भरमा आफुहरु सरकारमा नजाने बताए।

प्रकाशित मिति: Dec 26, 2019

प्रतिक्रिया दिनुहोस्