Logo
८ बैशाख २०८१, शनिबार
(December 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान संशोधनका लागि अब समाजावादी पार्टीको सडक संघर्ष : बाबुराम भट्टराई

सरकारलाई दिएको सर्मथन फिर्ता लिएपछि समाजावादी पार्टी अब सडक संघर्षमा जाने भएका छन् । समाजावादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफुले संविधान संशोधनको मुद्धा सुरुबाट नै उठाएको बताउँदै यस्का लागि अब सडक संघर्षमा जाने बताए ।

पार्टीले गरेको पत्रकार सम्मेलनमा डा. भट्टराईले आफु पूर्व माओवादीमा हुँदा देखि नै संविधान संशोधनको पक्षमा रहेको बताए । पहिचानमा आधारित संघियता, शासकीय स्वरुप, नागरिकताको विषय, महिलाहरुको विभेदका विषयहरु पार्टी मुद्धा भएको उनले बताए ।

‘संशोधनका लागि सरकारमा भएको समयमा सडकमा गएर दबाव दिन नमिल्ने अवस्थामा संसद र छलफलबाट कुरा अगाडी बढाउनुपर्छ भन्ने थियो अब उहाँहरुले नै बाटो खोल्नुभएको छ । अब सडकमा जान्छौँ’, उनले भने ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्षले संविधान संशोधन गर्नुपर्छ भनेर हस्ताक्षर गर्ने तर सरकारका प्रवक्ताले संविधानको प्रश्नलाई कसैको सपना पुरा हुँदैन भन्दै जानु उपयुक्त नभएको उनले बताए ।

‘जसले जे सपना देख्छ पुरा हुँदैन भनेर सरकारको प्रवक्ताले भन्छ । संविधान संशोधन कसैको सपना हो रु संविधान संशोधन गर्नुपर्छ भनेर पार्टी अध्यक्षले हस्ताक्षर गर्ने अहिले संविधानको प्रश्न भनेको सपना हो भन्न मिल्छ’, उनले भने ।

सरकार निरंकुशतातर्फ जाँदै गरेको आरोप पनि भट्टराईले लगाए । सरकारले ल्याएका केही मानव अधिकार विधेयक र सञ्चार विधेयक, व्यक्तिका नीजि गोपनियतालाई समेत उल्लंघन गर्ने गरि गुप्तचर परिचलन गरी अधिकार दिनुले पनि सरकार निरंकुशतातर्फ गएको उनले बताए ।

सरकारी सम्पत्ति र राजदरबारबाट खोसेको सम्पत्ति कौडीको मूल्यमा दिएर सरकारले राष्ट्रघात गरेके उनको आरोप छ ।

प्रकाशित मिति: Dec 25, 2019

प्रतिक्रिया दिनुहोस्