Logo
११ बैशाख २०८१, मंगलबार
(December 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाजवादी पार्टीको समर्थन फिर्ता : ‘राजपा सरकारमा जानु उस्को लागि आत्महत्यासरह’

समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार अपराह्न पार्टीको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक घोषणा गरेको हो।

सरकारलाई समर्थन फिर्ताको बारेमा जानकारी दिन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अब प्रतिपक्षमा रहेर संविधान संशोधन गर्ने र सबैको संविधान बनाउने कार्यमा लाग्ने बताए।

समाजवादीले समर्थन फिर्ता लिएसँगै सरकारले दुई तिहाइ बहुमतको हैसियत गुमाएको छ। ८ पुसमा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा बुझाएका थिए।

सरकारबाट बाहिरिनुअघि ७ पुस साँझ मन्त्रिपरिषद् बैठकमा कानुनमन्त्री समेत रहेका यादवले संविधान संशोधनको प्रस्ताव पेश गर्न खोज्दा प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका थिए।

यसअघि आजै समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक समेत बसेको थियो। साेही बैठकले सरकालाइ दिएकाे समर्थन फिर्ता गर्ने निर्णय गरेकाे हाे।

यसैबीच  यसैबीच अध्यक्ष यादवले राजपा सरकारमा जानु उस्को लागि आत्महत्यासरह भएको टिप्पनी गरेका छन् । अहिले नै आरोप लगाई हाल्नु अलिक हत्तारो होला उनले भने ‘सुन्दैछु अब राजपा सरकारमा जााँदैछन् रे यदी त्यस्तो हो भने त्यो कदम उस्को लागि आत्महत्यासरह हुनेछ ।’

राजापासँगको पार्टी एकताका लागि धेरै हदसम्म कुरा गरिसकेको धेरै कुरा मिलिपनि सकेको बताउदै अध्यक्ष यादवले राजपाको सरकार छोड्नुपर्छ भन्ने माग पुरा भएको र ऊ सकारात्मक रुपले अघि बढे एकता संभव भएको बताएका छन् ।

यादवले संविधान संशोधनको एजेण्डा सरकारले सुन्नै नचाहेको र गणितीय हिसावले यो सरकारको दुई तिहाइको दम्भ समेत अन्त्य भएको बताए ।  आफुहरुले समावेशी सहभागिता, शासकीय स्वरुप, संघीयता लगायतका विषयमा संविधान संशोधनको मुद्दा उठाएको उनले बताए ।

संविधान संशोधन कुन-कुन ठाउँमा गर्नुुपर्छ भनेर निक्र्योल गर्नका लागि विज्ञ समूह बनाउन खोज्दा नै प्रधानमन्त्रीले आफूलाई अघि बढ्न नदिएको उनले आरोप लगाएका छन् ।

 

प्रकाशित मिति: Dec 25, 2019

प्रतिक्रिया दिनुहोस्