Logo
१२ बैशाख २०८१, बुधबार
(December 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अज्ञात समुहद्वारा गुल्मीको वडा कार्यालय तोडफोड

गुल्मी : गुल्मीको मालिका गाउँपालिका ७ को वडा कार्यालयमा मंगलबार राति तोडफोड गरिएको छ । नचिनेको मान्छेको समूहले मंगलबार राति वडाध्यक्षको कार्यकक्षसहित अन्य कोठाहरूमा समेत तोडफोड गरेको वडाध्यक्ष वेदप्रसाद पन्थीले बताए ।

वडाध्यक्ष पन्थीले कार्यालय तोडफोड भएको जानकारी पाएपछि आफू कार्यालय जाँदै गरेको र पुगेर हेरेपछि मात्र घटनाको बारेमा विस्तृत थाहा हुने जानकारी दिए ।

घटनाको जानकारी पाएपछि मर्भुङ्ग प्रहरी चौकी सिमलटारीबाट प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ । नचिनेको मान्छेको समूहले कार्यालयमा रहेको केही रकमसमेत लुटेको बताइएको छ ।

प्रकाशित मिति: Dec 25, 2019

प्रतिक्रिया दिनुहोस्