Logo
७ बैशाख २०८१, शुक्रबार
(December 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा अब सरकार तिर होइन एकीकरण तिर अग्रसर हुनुपर्छ : उपेन्द्र यादव

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समकक्षी पार्टी राजपा नेपाल अब सत्तका लागि सरकार तिर नभई एकीकरण तिर अग्रसर हुनुपर्ने बताएका छन् । उनले एकीकरणकै लागि आफुहरुले सरकार छाडेको बताए ।

सरकारबाट बाहिरिएपछि प्रहिलो पटक नागरिक टाईम्ससँगको संक्षिप्त कुराकानीको क्रममा यादवले राजपासँगको एकीकरणलाई प्राथमिकतामा राखेको बताए ।

अध्यक्ष यादव भने, ‘राजपाको सबभन्दा ठूलो माग नै थियो कि समाजवादी पार्टी सरकारबाट बाहिरिनुपर्छ । अब हामी बाहिरियौं । यसपछि राजपाले के गर्छ, त्यो अब जनताले हेर्छन् ।’

अब राजपा र समाजवादीको एकता निश्चित भएको हो त ? भन्ने प्रश्नको जवाफमा यादवले भने, ‘अब बल राजपाको कोर्टमा छ, एकीकरण चाहने हो भने हुन्छ । राजपाले यदि नचाहने हो र हामी छोडेको उही ठाउँमा जाने हो भने हामीलाई भन्नु केही छैन ।’

उनले भने, ‘तर त्यसो गर्नुहोला भन्ने त मलाई लाग्दैछ । त्यसकारणले अब राजपाले कता लाने हो, बल राजपाकै कोर्टमा छ ।’

राजनीतिक रूपमा नेपालमा वैकल्पिक शक्ति बनाउनका लागि लामो समयदेखि राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरणको चर्चा चलिरहेको छ । राजपा र सपाको मुद्दा पनि लगभग एउटै छन् ।

एकताका लागि दुवै पार्टीको तर्फबाट वार्ता समिति पनि बनेको छ र सो समितिले अनौपचारिकमा पटक–पटक वार्ता पनि गर्दै आएको छ ।

एकताका लागि सबै कुरा मिलिसकेको तर, समाजवादी सरकारबाट बाहिर नआएसम्म एकता नहुने तर्क राजपाका अध्यक्षमण्डलका संयोजकसमेत रहेका वार्ता टोलीका संयोजक राजेन्द्र महतोको थियो ।

मंगलबार समाजवादी पार्टी आधिकारिकरुपमै सरकारबाट बाहिर आएको छ । समाजवादीबाट अध्यक्ष उपेन्द्र यादव र मो.इस्तियाक राई मन्त्री थिए । दुवै जनाले राजीनामा बुझाइसकेका छन् ।

संविधान संशोधनका लागि ड्राफ्ट पेस गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेपछि समाजवादी पार्टी सरकारबाट बाहिरिएको हो ।

प्रकाशित मिति: Dec 25, 2019

प्रतिक्रिया दिनुहोस्