Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालीगण्डकी करिडोरमा बम विष्फोट गर्दा जमिन थर्किएर झरेको ढुङ्गाले घरमा क्षति

गुल्मी : निर्माणाधीन कालीगण्डकी करिडोरबाट झरेको ठूलो ढुङ्गाले एक घरमा क्षति पुगेको छ। कालीगण्डकी गाउँपालिका–२ को बौरमा रहेको हिमलाल पराजुलीको घरमा क्षति पुगेको हो।

नेपाली सेनाले निर्माण गरिरहेको कालीगण्डकी करिडोरअन्तर्गत अर्बेनी–पुर्तीघाट सडकखण्डबाट झरेको ठूलो ढुङ्गाले पराजुलीको घर पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष देवीप्रसाद न्यौपानेले जानकारी दिए। क्षति भएको घर नेपाली सेना र गाउँपालिकाले पुनर्निर्माण गर्ने बताइएको छ।

घरमा कोही मानिस नभएकाले मानवीय क्षति भने भएको छैन। नेपाली सेनाले निर्माण गरिरहेको कालीगण्डकी करिडोरमा बम विष्फोट गर्दा जमिन थर्किएर ठूलो ढुङ्गा खसेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्।

प्रकाशित मिति: Dec 24, 2019

प्रतिक्रिया दिनुहोस्