Logo
१५ चैत्र २०८०, बिहीबार
(December 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले बर्खास्त गर्ने तयारी थालेपछि उपेन्द्र यादवको राजीनामा घोषणा हुँदै

प्रधानमन्त्री केपि शर्मा ओलीले सिधै बर्खास्त गर्ने तयारी थालेपछि समाजवादी पार्टीले सरकार छाड्ने भएको छ। केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो।

यादवले केहीबेरमै राजीनामा घोषणा गर्ने स्रोतको दावी रहेको छ । समाजवादी पार्टीका सरकारमा २ मन्त्री रहेका छन्। यसअघि एक जना मन्त्री मार्फत उपप्रधानमन्त्री यादवलाई राजिनामा दिई मार्ग प्रसस्त गर्न प्रधानमन्त्रीले भनिकसकेका छन् ।

“उहाँले तत्काल मार्ग प्रसस्त गरिदिए राम्रो अन्यथा बर्खास्त गरिनेछ” प्रधानमन्त्रीको सचिवालयका एक प्रतिनिधिले भने “उहाँसँग खासै तालमेल मिलिरहेको छैन, सरकारमा भएर पनि समजवादी पार्टी सरकार मैत्री देखिएन तसर्थ पनि उहाँलाई सरकारबाट हटाउन लागिएको छ ।”

यसअघिका मन्त्रीले गरेका निर्णयलाई अनावश्यक रूपमा विवादमा ल्याएको, संविधान संशोधनको नाममा बिना पुर्व तयारी राजनीतिक स्टण्टबाजि गरेको लगायतका आरोप यादवमाथी रहेको छ ।

यो पनि पढ्नुहोस् : 

मन्त्रिपरिषदमा अस्वीकृत यस्तो छ उपेन्द्र यादवको संविधान संशोधन प्रस्ताव (मस्यौदा सहित)

उपेन्द्र यादवलाई बर्खास्त गरि उपसभामुख तुम्बाहाम्फेलाई कानूनमन्त्री बनाउने तयारी

उपेन्द्र यादवको संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा अस्विकार

प्रकाशित मिति: Dec 24, 2019

प्रतिक्रिया दिनुहोस्