Logo
१५ चैत्र २०८०, बिहीबार
(December 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थ ठाकुरको अध्यक्षतामा सभामुख र उपसभामुख निर्वाचित हुने

तत्कालीन सभामुख कृष्णबहादुर महरा जबर्जस्ती करणी उद्योगमा मुछिएपछि असोज १३ गतेदेखि सभामुख पद रिक्त छ । सोहि पद पूर्ती गर्नका लागि हिउँदे अधिवेशनमा संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको दोश्रो बैठक यही पुस ११ गत दिउँसो १ बजे बस्दैछ ।

वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले दोश्रो बैठकमा निर्वाचनको कार्यक्रम प्रस्तुत पछि राजीनामा दिने स्रोतले जनाएको छ । उनको राजिनामा पछि प्रतिनिधि सभाको अध्यक्षता ज्येष्ठ सदस्य अर्थात राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले गर्नेछन् । उनको अध्यक्षतामा बसेको बैठकले सभामुख र उपसभामुख निर्वाचित गर्नेछ ।

संवैधानिक व्यवस्था अनुसार एउटै दलबाट सभामुख र उपसभामुख निर्वा्चित हुन नसक्ने व्यवस्था छ । नेकपाले सभामुख पद आफ्नो भागमा राखेपछि उपसभामुख फरक दललाई सुम्पनुपर्ने हुन्छ ।

निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने बेलासम्म नेकपाले सभामुखको उम्मेदवारी तय गर्नेछ । सभामुखका लागि नेकपा संसदीय दलका नेता सुवास नेम्वाङ, उपनेता देव गुरुङ, सांसद अग्नि सापकोटा र डा.शिवमाया तुम्बाहाम्फेको नाम चर्चामा छ भने उपसभामुखका लागि अहिलेसम्म कुनै नाम चर्चामा छैन ।

 

प्रकाशित मिति: Dec 23, 2019

प्रतिक्रिया दिनुहोस्