Logo
१३ बैशाख २०८१, बिहीबार
(December 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जीर्ण भवनमा अध्ययन गर्न बाध्य, न्यून दृष्टियुक्त बालबालिका त्रासमा

दाङको राप्ती गाउँपालिकाले स्थानीय आदर्श नमूना माध्यमिक विद्यालयमा अध्ययनरत न्यून दृष्टियुक्त बालबालिकालाई साङ्केतिक वाद्यवादन उपलब्ध गराएको छ ।

विद्यालयमा १४ न्यून दृष्टियुक्त बालबालिका अध्ययन गर्दछन् । विद्यालयका प्रधानाध्यापक किरण पोख्रेलले बालबालिकालाई मनोरञ्जन गर्न हार्मो्नियम, गीतार, मादल, सारङ्गी, खैजडी, ट्याम्पु, मुरली, बासुरी, चापलगायत वाद्यसामग्री उपलब्ध गराइएको जानकारी दिए ।

सरकारले विशेष शिक्षाअन्तर्गत दाङको यस विद्यालयमा न्यून दृष्टियुक्त बालबालिकालाई पठनपाठन गराउन शुरुआत पनि उचित पूर्वाधारतर्फ ध्यान नदिएको उनले बताए ।

उनले भने “अहिले सुरक्षित भवन नहुँदा जीर्ण भवनमै विद्यार्थी राख्न बाध्य भएको छौँ । भवन निकै जीर्ण छ । वर्षात्मा पानी चुहिन्छ, भित्रै सर्प, भ्यागुता हिँड्छन् ।”

विद्यालयमा कक्षा १२ सम्म न्यून दृष्टियुक्त विद्यार्थीका लागि अध्ययन हुने गर्दछ । विस २०५२ सालदेखि पढाइ शुरु भएको न्यून दृष्टियुक्त व्यक्ति कक्षामा अहिले दुईजना शिक्षक कार्यरत हुनुहुन्छ ।

“एउटा जीर्ण भवनमा उनीहरुलाई राखिएको छ । उनीहरुमा आफैँ शारीरिक हिसाबले कमजोर हुने भएकाले उनीहरुको आवास सुरक्षित हुनुपर्छ ।” प्रधानाध्यापक पोख्रेलले भने ।

अहिले करिब ४० वर्ष पुरानो जीर्ण भवनमा ती विद्यार्थीलाई राखिएको छ । भित्र छिर्दा नै भत्किने डरले हतपत्त बाहिर निस्किनुपर्ने अवस्था छ, तर न्यू दृष्टियुक्त व्यक्तिले आफूहरु कस्तो भवनमा बसिरहेका छौँ, भन्ने कुराको कुनै थाहा छैन । एक न्यून दृष्टियुक्त विद्यार्थीले भन्नुभयो, “हामीले आँखा देख्दैनौँ, कस्तो भवनमा बसिरहेका छौँ, हामीलाई नै थाहा छैन ।” खाट पनि जीर्र्ण अवस्थामा छन् । काम चलाउन मात्रै ती खाट राखिएका छन् । विद्यार्थी सुतिरहेको अवस्थामा कतिबेला भाँचिन्छ, भन्ने त्रास छ ।

बालबालिकाका लागि कम्प्युटर छैनन् । पटक–पटक आफूहरुले प्रयोग गर्ने खालका कम्प्युटर ल्याइदिन उनीहरुले माग गरिरहेका छन् । “विद्यार्थीले कम्प्युटरको माग गरिरहेका छन”, उनले भने, “तर कम्प्युटर ल्याउन सकिएको छैन ।”

प्रकाशित मिति: Dec 23, 2019

प्रतिक्रिया दिनुहोस्