Logo
११ बैशाख २०८१, मंगलबार
(December 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो पटक NIC एशियाको IVR सेवा सञ्चालनमा

एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि अत्याधुनिक सेवा प्र्रदान गर्ने उद्देश्यले IVR (Interactive Voice Response) सेवा सञ्चालनमा ल्याएको छ ।

यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकले नवीन अनुभवका साथै विशेष सेवा प्राप्त गर्न सक्नुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

ग्राहकवर्गले IVR सेवा प्रयोग गरेर आफ्नो खातामा रहेको व्यालेन्स रकम, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक, IVR पिन परिवर्तन तथा विभिन्न बैंकिङ्ग सेवाबारे जानकारी समेत पाउन सक्नुहुनेछ ।

IVR सेवा प्रयोग गर्नका लागि सर्वप्रथम ग्राहक महानुभावहरुले आफ्नो बैंक खातामा रजिष्टर्ड मोबाइल नम्बरद्वारा IVR सेवा दर्ता गर्नुपर्दछ । दर्ता प्रक्रिया SMS वा फोन कल दुबै माध्यमबाट गर्न सक्नुहुनेछ ।

ग्राहक महानुभावहरुले SMS द्वारा IVR दर्ता गर्नका लागि निम्न तरिका अपनाउनु पर्नेछ । सर्वप्रथम दर्ता गर्नका लागि क्ष्ख्च् इस्पेस आफ्नो खाता नम्बर IVR<space>Account Number) टाइप गरी ३४४८८ मा पठाउनुपर्नेछ ।

SMS पठाएको केही समयपछि गोप्य पिन नम्बर रजिष्टर्ड मोबाइल नम्बरमा प्राप्त हुनेछ । दर्ता प्रक्रिया समाप्त भए पश्चात IVR सेवा उपयोग गर्नका लागि ०१-५९७०१०० मा रजिष्टर्ड मोबाइल नम्बरबाट कल गर्नुपर्नेछ र आश्वयक सेवा उपयोग गर्न सक्नुहुनेछ ।

ग्राहक महानुभावहरुले फोन कलद्वारा IVR दर्ता गर्नका लागि निम्न तरिका अपनाउनु पर्नेछ ।

प्रकाशित मिति: Dec 22, 2019

प्रतिक्रिया दिनुहोस्