Logo
१२ बैशाख २०८१, बुधबार
(December 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय दूतावासद्वारा ४ करोडको लागतमा शसस्त्रप्रहरी स्कुलको छात्रावास भवन निर्माण

भारतीय राजदूतावासको सहयोगमा शसस्त्र प्रहरी अन्तरगतको छात्रावास भवन निर्माण सम्पन्न भएको छ । दूतावासका उप–प्रमुख डा. अजयकुमारले आइतबार काठमाडौं स्थित कीर्तिपुरमा रहेको शसस्त्र प्रहरी स्कुलका छात्राका लागि निर्माण गरिएको छात्रावास भवनको उद्घाटन गरेका हुन् ।

भारत सरकारको ४.०४२ करोड नेपाली रुपैंया अनुदान सहयोगमा निर्मित यस दई तल्ले नयाँ संरचनामा वार्डेनका लागि एउटा छुट्टै बेडरुम रहेको छ । त्यस्तै प्रत्येक तलामा छात्राका लागि फर्निचरका साथै स्नानघर, सरसफाईको सुविधासहित ३२ वटा कोठाहरु रहेका छन् ।

नेपाल सशस्त्रप्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत राजनीतिक, श्री रमेश महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर, श्रीमती सरस्वती खड्का, कीर्तिपुर नगरपालिकाका प्रतिनिधिहरु समेत सामुदायिक नेतृत्वकर्ताहरुको समेत उक्त उद्घाटन समारोहमा उपस्थिति रहेको थियो ।

सन् २००५ मा स्थापित यस नेपाल ए.पी.एफ.स्कुल नेपाल सशस्त्रप्रहरी बल अन्तर्गत रहेको सशस्त्रप्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा निर्माण गरिएको शैक्षिक संस्था हो ।

यो विद्यालय काठमाडौंको कीर्तिपुर नगरपालिका चम्पादेवी–७ माअवस्थित छ जसमा २१ प्रतिशतभन्दा बढी छात्राहरु रहेका छन् । यो परियोजनाकोकार्यान्वयन नेपाल सशस्त्रप्रहरी बलले गरेको हो ।

प्रकाशित मिति: Dec 22, 2019

प्रतिक्रिया दिनुहोस्