Logo
१३ बैशाख २०८१, बिहीबार
(December 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्रसँग नाता तोड्दै नेकपाको क्याम्पमा राजपा : राष्ट्रियसभाको चुनाव लगतै सरकारमा सामेल हुने

समाजवादी पार्टीसँग एकीकरण नजिक पुगिएको भनिएका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी नेपालबीच दुईबुँदे सहमति भएको छ ।

यो सहमति सँगै राजपा नेकपाको क्याम्पमा पुगेको छ । भने उपेन्द्र यादव नेतृत्वको सपासँगको राजपाको सम्बन्धमा दरार भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार नेकपा र राजपाबीच भएको वार्तामा दुईबुँदे सहमति भएको हो ।

माघ ९ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ मा रिक्त हुने चार स्थानमध्ये अन्य पुरुष समूह र अपाङ्ता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त दुई स्थानमा राजपाका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने सहमति भएको हो ।

यसैगरी, महिला र दलित पुरुष समूहको दुई स्थानमा राजपाले नेकपाका उम्मेदवारलाई सहयोग गर्ने सहमति पत्रमा उल्लेख छ ।

यस्तै, नेकपा र राजपाका बीचमा राष्ट्रिय राजनीतिका समसामयिक विषयहरुमा नियमितरुपमा छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अगाडि बढाउने सहमति भएको हो ।

वार्तामा नेकपाका तर्फबाट अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ सहभागी थिए भने र राजपाका तर्फबाट अध्यक्षमण्डलका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरत्सिंह भण्डारी र राजकिशोर यादव सहभागी थिए ।

प्रकाशित मिति: Dec 18, 2019

प्रतिक्रिया दिनुहोस्