Logo
१३ बैशाख २०८१, बिहीबार
(December 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा-सत्ताघटकवीच उपसभामुखमा डिल : बालुवाटारमा अध्यक्षमण्डल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एक अर्काले सभामुख उपसभामुख लिनेमा सहमती हुने भएको छ ।

नेकपा र राजपा नेपालका नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो ।  छलफलमा राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोसहित महन्थ ठाकुर, महेन्द्र राय यादव, शरत्सिंह भण्डारी र राजकिशोर यादव प्रधानमन्त्री निवास बालुवाटार छलफलमा सहभागी छन्।

नेकपाको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरु सहभागी छन्। अघिल्लो दुईवटा अधिवेशनमा राजपाले संसद बैठक अवरुद्ध गर्दै आएको छ।

शुक्रबारबाट सुरु हुने हिउँदे अधिवेशनबाट सभामुख तथा उपसभामुखको निर्वाचन हुनुका साथै राष्ट्रिय सभा सदस्यहरुको निर्वाचनसमेत हुनेछ।

प्रकाशित मिति: Dec 18, 2019

प्रतिक्रिया दिनुहोस्