Logo
७ बैशाख २०८१, शुक्रबार
(December 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो : फेरि हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले काठमाडौं लगायत देशभर चिसो बढेको छ ।उच्च पहाडीसहित हिमाली भूभागमा आज हिमपातको सम्भावना रहेको जनाइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक बदली भई उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जानकारी दिए ।

तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ । पूर्वी तराईका केही भूभागमा बाक्लो हुस्सुरकुहिरो लागेकोे छ ।बुधबारबाट मौसमी प्रणालीमा सुधार आउने जनाइएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति: Dec 16, 2019

प्रतिक्रिया दिनुहोस्