Logo
१३ बैशाख २०८१, बिहीबार
(December 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चराकोे मद्दतले मह खोज्ने जनावर

अफ्रिका र एशियामा एउटा यस्तो जनावर पाइन्छ, जसले चराको मद्दतले मह खोजेर खान्छ । यसको बदलामा यस जनावरले चरालाई महको मैन दिन्छ । यो जनावरको नाम हो- हनी बाडगर (Honey badger) । यसलाई राटेल्स (Ratels) पनि भन्ने गरिन्छ ।

यो जनावरको लागि एक जातिको चराले मह खोजिदिने काम गर्छ । जब त्यो चराले कतै मौरी वा अन्य त्यस्तै मह पार्ने कीराको घार वा गुँड फेला पार्छ, त्यसले विशेष आवाज गरेर यो जनावरलार्य डाक्ने गर्छ ।

यसरी उक्त चराले यो जनावरलाई मह भएको ठाउँसम्म डाकेर ल्याइर्पुयाउँछ । त्यसपछि यो जनावरले महको चाका भत्काएर मह खान्छ र चराको लागि चाहिँ मैन छोडिदिन्छ ।

मह खाने यो जनावरको शरीरमा बाक्लो भुत्ला हुन्छ तर यसको टाउकोमा भने यसै परिवारका अन्य जनावरहरुको जस्तो सेतो पट्टी चाहिँ हुँदैन । यो जनावर आक्रामक र ह्रिसंक हुन्छ । यसले आफ्नो बचावको लागि पुच्छरमुनि हुने एउटा विशेष ग्रन्थीबाट नराम्रो दुर्गन्ध छाडेर आक्रमणकारीहरुलाई भगाउने गर्छ ।

प्रकाशित मिति: Dec 15, 2019

प्रतिक्रिया दिनुहोस्