Logo
१३ बैशाख २०८१, बिहीबार
(December 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महेन्द्रनगर बिस्फोटका घाइतेहरुको उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति

प्रदेश २ स्थित धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा शुक्रबार राती भएको बम बिस्फोट घटनाका पीडित परिवारलाई प्रदेश सरकारले क्षतीपुर्ति दिने भएको छ भने घाइतेहरुको उपचार प्रदेश सरकारले नै ब्यहोर्ने भएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत समेतको टोलीले बम बिस्फोट घटनाका पीडित परिवारलाई भेट्दै यो कुरा बताएका हुन् ।

आइतबार बिहानै दलबल सहित घटना स्थल पुगेका मुख्यमन्त्री राउतले घाइतेहरुको सम्पुर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतक परिवारलाई राहत समेत उपलब्ध गराउने बताए ।

मृतक परिवारलाई उपलब्ध गराईने रकमबारे आउदो मन्त्रीपरिषद्को बैठकबाट निर्णय गरिने उनले बताए ।

टोलीमा प्रदेशसभाका सभामुख सरोज यादव, प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्यन्यायधिबक्ता दिपेन्द्र झा, प्रदेश सभा सद्स्य सिघासन साह कलबार सहितको सहभागिता रहेको थियो ।

बम बिस्फोटको घटनामा परि प्रहरी निरीक्षक सहित ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको छ । अन्य घाइतेहरुको उपचार धरानमा भैरहेको छ ।

प्रकाशित मिति: Dec 15, 2019

प्रतिक्रिया दिनुहोस्