Logo
१५ चैत्र २०८०, बिहीबार
(December 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको कुर्सी खाली राखेर सुरु भयो नेकपा स्थायी समिति बैठक

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक पार्टी कार्यालय धुम्वाराहीमा सुरु भएको छ ।
एक वर्षपछि बसेको स्थायी समिति बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन् ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली भने उपस्थित छैनन् । यसअघि आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा केहीबेर सहभागी भएका ओली धुम्बराहीको बैठकमा सहभागी नभएका हुन् । ओली सोमबारको बैठकमा पनि उपस्थित हुने सम्भावना नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘प्रधानमन्त्री अझै पनि रेस्टमै भएकाले स्थायी कमिटि बैठकमा सहभागी नहुनुभएको हो । यद्यपी दुवै अध्यक्षबीच निरन्तर छलफल भइरहेको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका नेकपाको प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए ।

४५ सदस्यीय नेकपाको स्थायी समितिका अधिकांश सदस्य सहभागी भएका छन् । बैठकको अग्रभागमा सचिवालय सदस्यहरु बसेका छन् । जसमा प्रधानमन्त्री समेत रहेका ओलीका लागि पनि कुर्सी भने तयारी अवस्थामा राखिएको छ ।

उपप्रधानमन्त्री समेत रहेका रक्षा मन्त्री ईश्वर पोखरेल र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको बीचमा ओलीका लागि कुर्सी छुट्याइएको छ । तर उनको कुर्सी खाली देखिन्छ ।

प्रकाशित मिति: Dec 15, 2019

प्रतिक्रिया दिनुहोस्