Logo
१३ बैशाख २०८१, बिहीबार
(December 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हत्यापछि फरार २ अभियुक्त १५ वर्षपछि पक्राउ

काठमाडौं : १५ वर्षअघि धारिलो हतियार प्रहार गरेर फरार दुई अभियुक्तलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको साबिक गोर्स्याङ गाविस-८ हाल तार्केश्वर-५ बस्ने ४० वर्षीय सन्तबहादुर तामाङ र ३२ वर्षीय केशव लामा छन् ।

ब्युरोका एसपी वलबहादुर पाण्डेका अनुसार पक्राउ गरेर दुवै जनार्लाइ आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवोकाट पठाइएको छ ।

२६ वैशाख ०६१ मा तामाङ र लामासहित चार जनाले तार्केश्वर-५ का १५ वर्षीय लैलु लामालाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

प्रकाशित मिति: Dec 15, 2019

प्रतिक्रिया दिनुहोस्