Logo
१२ बैशाख २०८१, बुधबार
(December 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बम ठानेर डिस्पोज गर्दा भेटियो चरेस

ठाकुरबाबा नगरपालिका-२ सिंहवाहिनीमा शंकास्पद अवस्थामा भेटिएको झोलामा बम ठानेर डिस्पोज गर्न खोज्दा चरेस फेला परेको छ ।

शंकास्पद अवस्थामा भेटिएको झोलामा रहेको वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्न खोज्दा बमको साटो त्यहाँ चरेस फेला परेको हो ।

स्थानीयले शनिबार विहान आफ्नो घरअगाडि बेवारिसे झोलासहित शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएलगत्तै बम डिस्पोजका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगे । लगत्तै शान्ति सुरक्षा मध्यनजर गर्दै प्रहरीले पूर्व–पश्चिम राजमार्ग भुरिगाउँदेखि रानीपुरसम्म बन्द समेत गरेका थिए ।

प्रकाशित मिति: Dec 15, 2019

प्रतिक्रिया दिनुहोस्