Logo
७ बैशाख २०८१, शुक्रबार
(December 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुडानका पूर्व राष्ट्रपति बसिरलाई २ वर्ष नजरबन्दमा राखिने

सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई दुई वर्ष नजरबन्दमा राखिने भएको छ । सुडानमा आन्दोलन चर्केपछि सेनाले पदच्युत गरेका बसिरलाई अदालतको आदेशमा सुविधा सहितको सुधारगृहमा राखिने भएको हो ।

आफ्नो कार्यकालमा पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको र भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोपमा बसिरलाई दोषी ठहर गर्दै सुडानको एक उच्च अदालतले सो आदेश दिएको हो ।

सुडानको कानुन अनुसार ७० वर्ष काटेका कुनै पनि नागरिकलाई जेल सजाय दिन नमिल्ने भएकाले उनलार्ई सुधारगृहमा नै नजरबन्दमा राखिने भएको हो ।

सुडानमा गत वर्ष राष्ट्रपतिविरुद्ध भएको आन्दोलनका क्रममा बसिरले प्रदर्शन दबाउन प्रदर्शनकारीहरुमाथि गोली प्रहार गर्न आदेश दिएको आरोप लागेको छ । जसका कारण उनीमाथि निर्दोष व्यक्तिको हत्याविरुद्ध अर्को मुद्दा पनि परेको छ ।

प्रकाशित मिति: Dec 15, 2019

प्रतिक्रिया दिनुहोस्