Logo
७ बैशाख २०८१, शुक्रबार
(December 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस हप्ताको राशिफल (मङ्सिर २९ देखि पौष ५ गतेसम्म)

मेष
मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। आर्थिक उन्नति, प्रगति होला। मङ्गल ग्रहका कारण स्वास्थ्यमा केही समस्या आउन सक्नेछ। यात्रा सहज रहने देखिन्छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। पारिवारिक उन्नति, प्रगति मध्यम देखिन्छ। सवारी साधनमा धेरै विचार पुऱ्याउनुपर्नेछ। छात्रछात्राहरूका लागि साता उत्कृष्ट रहने देखिन्छ।

वृष
मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। पारिवारिक उन्नति, प्रगति मध्यम देखिएको छ। राजनीतिक र सामाजिक क्षेत्रमा भने उन्नति, प्रगति हुनेछ। अकस्मात् यात्राका योगहरू बन्नेछन्। व्यापार, व्यवसायमा मध्यम लाभ छ। कृषि क्षेत्र सामान्य देखिन्छ।

मिथुन
मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्ला। नयाँ कार्यको थालनी हुनेछ। यात्रामा निकै राम्रो उपलब्धिमूलक कार्यहरू बन्नेछन्। दाम्पत्य र पारिवारिक जीवनमा सुख, शान्ति ,समृद्धि बढ्नेछ। व्यापार, व्यवसायमा राम्रो देखिएको छ। आध्यात्मिक र धार्मिक कार्यले उन्नति, प्रगति हुने देखिन्छ। छात्रछात्राहरूका लागि साता माध्यम छ। बैंकिङ एवं वित्तीय संस्थामा काम गर्नेहरूले लागि यो साता केही अप्ठ्यारा पक्षको सामना गर्नुपर्ने देखिन्छ।

कर्कट
इज्जत, प्रतिष्ठा बढ्ने देखिन्छ। व्यापार, व्यवसायमा मध्यम लाभ छ। स्वास्थ्यमा केही समस्या देखापर्ला। छात्रछात्राहरूका लागि साता मध्यम देखिएको छ। जागिरेहरूका लागि भने साता सामान्य रहनेछ। यो साता धार्मिक कार्यमा केही समय बित्ने देखिन्छ।

सिंह
साता निकै उपयोगी बन्ने देखिन्छ। रोकिएका कामहरू बन्नेछन्। मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्ने देखिन्छ। खेलाडीहरूका लागि साता राम्रो छ। साहित्य, सङ्गीत, कलाका सर्जकहरूका लागि भने साता मध्यम रहेको छ। राजनीतिक उथलपुथल र समस्यामा घेरिन सक्नुहुनेछ। झुटो आरोप, प्रत्यारोप लाग्न सक्नेछ। यात्रा मध्यम रहने देखिन्छ।

कन्या
साता उत्कृष्ट हुने देखिन्छ। रोकिएको काम बन्ला। जागिरेहरूका लागि साता मध्यम रहनेछ। आर्थिक उपार्जन र उन्नति, प्रगतिको राम्रो वातावरण बन्नेछ। दाजुभाइ एवं परिवारका सदस्यहरूमा भने सामान्य मनमुटावको स्थिति रहला। कृषि क्षेत्रमा लाभ छ।

तुला
दाजुभाइ, परिवार र कुलकुटुम्बसँगको सम्बन्ध र सहकार्य राम्रो देखिएको छ। आर्थिक उपार्जन र उन्नति हुनुका साथै गर्न खोजेको काममा निकै राम्रो साथ मिल्नेछ। जागिरेहरूका लागि साता मध्यम रहेको छ। धार्मिक र आध्यात्मिक चिन्तनले गर्दा मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। नयाँ कार्यको थालनीको योग बन्नेछ।

वृश्चिक
पारिवारिक उन्नति, प्रगतिका ग्रहहरू राम्रै देखिएको छ। सन्तानबाट सुख, शान्ति, समृद्धि प्राप्त हुनेछ। पारिवारिक एवं दाम्पत्य जीवनमा भने केही कष्ट रहला। जागिरेहरूका लागि साता सामान्य रहेको छ। राजनीतिक र सामाजिक क्षेत्रमा मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्ला। व्यापार, व्यवसायमा लाभको साता रहेको छ। अकस्मात् देशविदेशको यात्राको योग बन्न सक्ने देखिन्छ।

धनु
मनमा उत्साह र उमङ्ग छाउनेछ। पारिवारिक सुख, शान्ति, समृद्धि मध्यम रहला। परिवारको सहयोग प्राप्त हुन सक्नेछ। कुलकुटुम्ब र इष्टमित्रसँग केही अप्ठ्यारा पक्ष रहलान्। यात्रा सुखद हुन सक्ने देखिन्छ। आध्यात्मिक र धार्मिक कार्यले गर्दा मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्ने देखिन्छ। राजनीतिक क्षेत्र मध्यम देखिन्छ। केही डुबेको पैसा फिर्ता आउन सक्नेछ। साताका बुधबार, बिहीबार र शुक्रबार नयाँ कार्य सम्पन्न हुने देखिन्छ।

मकर
व्यापार, व्यवसायमा निकै राम्रो हुनेछ। धार्मिक कार्यमा सरिक हुने साता छ। राजनीतिक र सामाजिक क्षेत्र भने मध्यम देखिन्छ। अकस्मात् यात्राको योग बन्न सक्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धि बढ्नेछ। कृषि क्षेत्रमा लाभ छ। आर्थिक उपार्जन र उन्नति, प्रगतिको साता बन्नेछ। ठूलाबडा व्यक्तिसँग भेटघाटको योग बन्नेछ।

कुम्भ
मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। दाम्पत्य र पारिवारिक जीवनमा सुख, शान्ति, समृद्धि रहनेछ। परिवारमा प्रेम र सद्भाव निकै राम्रो रहने देखिन्छ। कुलकुटुम्ब र इष्टमित्रबाट सहयोग प्राप्त होला। यात्रामा विचार पुऱ्याउनुपर्नेछ। कृषि क्षेत्रमा लाभ छ। छात्रछात्राहरूका लागि समय राम्रो छ। खेलाडीहरूका लागि साता उत्कृष्ट रहेको छ।

मीन
मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। पारिवारिक र दाम्पत्य जीवन सुख, शान्ति र समृद्धिमा बित्नेछ। आर्थिक उपार्जन र उन्नति, प्रगति राम्रो देखिएको छ। खानपिनमा विचार पुऱ्याउनुपर्ला। स्वास्थ्यमा केही समस्या रहला। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। विद्या, बुद्धि बढ्ने देखिन्छ। केही झुटा आरोप, प्रत्यारोप लाग्न सक्नेछन्।

प्रकाशित मिति: Dec 15, 2019

प्रतिक्रिया दिनुहोस्