Logo
१३ बैशाख २०८१, बिहीबार
(December 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सांसद उपेन्द्र महतोले आफ्नो तलब र श्रमबाट एकल महिलाको घर निर्माण गरिदिने

प्रदेश २ स्थित सर्लाही जिल्लाको चन्द्रनगर -३, कोरियाही टोलको एकल र असहाय महिला सरवसिया देवीको घर प्रदेशसभा सदस्य उपेन्द्र महतोले बनाईदिने भएका छन्।

सरवसिया देवी एकल महिला हुन्। उनको पतिको बिभिन्न रोगको कारण चार बर्ष पहिला मृत्यु भएको थियो। झण्डै पचास साठ्ठी बर्ष पुरानो घर भासिएर निकै होचो भई ओडार जस्तो भएको छ। घर भित्र छिर्न एक देखी डेढ़ फ़िट मात्र ठाउँछ।

यसअघि दशैंका दिन प्रदेश सभा सदस्य उपेन्द्र महतो आफ्नो गाउँमा आउँदा आफ्नो दुखेसो पोखेकी सरवसिया देवीको आँगनमा आज (शनिबार) एकाबिहनै महतो पुगेर घर बनाई दिने भनेकोमा उनलाई बिश्वास नै भईरहोको छैन।

प्रदेशसभा सदस्य महतोले सरवसियादेवी एकल महिला र आफ्नो घर बनाउन असमर्थ रहेकोले  महतोले प्रदेश सभा सदस्यको हैसियतले पाउने पारिश्रमिकको साथै आफ्नो श्रम र स्थानियको सहयोगमा घर निर्माण गर्ने बताए।

महतो प्रदेश नम्बर २, सर्लाही क्षेत्र नम्बर १ क बाट राजपा नेपालको टिकटबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन्।

प्रकाशित मिति: Dec 14, 2019

प्रतिक्रिया दिनुहोस्