Logo
८ बैशाख २०८१, शनिबार
(December 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डाक्टरमाथि कारबाही नभएपछि पाकिस्तानका वकिलहरु उत्रिए आन्दोलनमा

पाकिस्तानमा देशभरका वकिलहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले शुक्रबारका लागि सुनुवाइ हुने सबै मुद्दाको बहस बहिष्कार गरेका छन् ।

लाहोरस्थित पञ्जाब इन्स्टिच्युट अफ कार्डियोलोजी (पीआईसी) मा भएको आक्रमणका क्रममा बुधबार पक्राउ परेका वकिलहरुको रिहाइको माग गर्दै उनीहरुले धर्नामा बसेका हुन् ।

पीआईसीमा भएको आक्रमणमा तीनजना बिरामीको ज्यान गएको थियो । वकिलहरुले अस्पतालमा तोडफोडसमेत गरेका थिए । घटना कहाँबाट सुरू भयो भन्ने यकिन हुन नसके पनि एक महिनाअघि डाक्टर र वकिलहरुबीच विवादले त्यो रुप लिएको हुनसक्ने अनुमान गरिएको छ ।

वकिलहरुले आफूमाथि दुर्व्यवहार गर्ने डाक्टरलाई कारबाहीको माग गरेका थिए । तर, डाक्टरमाथि कारबाही नभएपछि आक्रोशित वकिलहरुले अस्पतालमा आक्रमण गरेको हुनसक्ने पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।

प्रहरीले आक्रमणमा संलग्न ४६ जना वकिलहरुलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको छ । तर, वकिलहरुले भने पक्राउ परेका आफ्ना सहकर्मीहरुको ’तुरुन्त रिहाइ’ को माग गरेका छन् । पाकिस्तान बार काउन्सिलको आह्वानमा देशभरका वकिलहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित मिति: Dec 13, 2019

प्रतिक्रिया दिनुहोस्