Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हत्याको अभियोग लागेका जलेश्वर महतोले ब्लडमनी तिरेर यसरी साउदीबाट फर्किए 

साउदी अरेबियामा राम्रो आम्दानी गरेर घरपरिवारको जीवन सुखी बनाउने सपना देखेका थिए जलेश्वर महतोले । चितवन स्थायी घर भएका उनी २०७१ सालमा साउदी पुगेर गाडी चलाउँथे ।

तर, दुर्भाग्य उनले चलाएको गाडीको ठक्करले एकजनाको निधन भयो । उनलाई साउदी प्रहरीले पक्राउ गरी जेल हाल्यो । साउदी अदालतले उनलाई र्दुघटनामा दोषी ठहर गरी हत्यामै फाँसीको सजाय तोक्यो ।

घटनामा मारिउका परिवारले ब्लडमनीवापत् नेपाली ९० लाख रुपैयाँ पाएमा छाड्ने निर्णय सुनाए । साउदी कानुन अनुसार पीडित परिवारले स्वीकार गरेमा ब्लडमनी वापत्को रकम लिएर दोषीलाई छुट मिल्छ ।

तर, विपन्न आर्थिक अवस्थाको महतो परिवारसँग ९० लाख जुटाउने क्षमता थिएन । सरकारबाट कुनै तत्परता देखिएन । महतो परिवार पैसा जुटाउन सरकारी निकाय देखि सामाजिक संस्थासम्म पुग्यो ।

सामाजिक स्वयंम सेवक मिसन नेपालले ब्लडमनी वापत्को रकम संकलनको दायित्व उठायो । निकै संघर्ष गर्दा ४७ लाख जति रकम उठ्यो । साउदीबाट ब्लडमनी तोकिएकोमा केही छुट दिने स्वीकारोक्ती भयो ।

त्यसपछि ४६ लाख २५ हजार नेपाली रुपैयाँ पठाइयो । ब्लडमनी वापत्को रकम पठाएपछि महतो छुटे । उनी जीवन जोगिएपछि २०७६ सालमा खुशी हुँदै स्वदेश फर्किए ।

ब्लडमनी तिरेर साउदी अरेबियाको जेलबाट छुटेर स्वदेश फर्किएका जलेश्वर महतोले सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले जीवनरक्षाका लागि ब्लडमनीवापत्को रकम उपलब्ध गराइदिएको भन्दै सामाजिक स्वयंम सेवक मिसनमार्फत् रकम पठाउनेहरुलाई धन्यवाद व्यक्त गरेका हुन् ।

मिसनले बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी संकलित मध्येको बाँकी एक लाख १८ हजार रुपैयाँ महतोलाई हस्तान्तरण गरेको छ । मिसनका संयोजक सागर लामिछानेले रकम हस्तान्तरण गरेका हुन् ।

‘ब्लड मनी वापत्को ९० लाख जुटाउने मेरो हैसियत थिएन, ४६ लाख २५ हजार सामाजीक स्वंयम सेवक मिसन नेपालले जुटाएर पठायो र बाकी रकम साउदीको जेलले मिनाहा ग¥यो,’ चितवन स्थायी घर भएका महतोले भने ।

उक्त रकम बुझेपछि आफू घर फर्किएको उनले बताए । साउदी अदालतले सवारी चलाएर दुर्घटना भएपछि महतोलाई हत्यामा मुद्दा चलाएर दोषी ठहर गरेको थियो । घटनापश्चात अलकुरीयात जेलमा राखे पनि पछि रियाद जेलमा सारीएको थियो ।

सामाजिक स्वयंम सेवक मिसनका संयोजक समेत रहेका अभियन्ता सागर लामिछानेका अनुसार २०७१ मा कामको सिलसिलामा साउदी पुगेका चितवन खैरेनी न.पा १० पिद्रहनीका जलेश्वर महतो कम्पनीको गाडी चलाउने क्रममा ९ महिनामा नै दृर्घटनामा भएको थियो ।

उनले चलाएको गाडीको ठक्करबाट एउटा मानिसको मृत्यु भएपछि हत्याको अभिगोगमा साउदी स्थित अलकुरीयात जेल चलान गरिएको थियो । हत्याको अभियोग लागेको महतोलाई साउदीको अलकुरियात जेलले ९० लाख ब्लड मनि तोक्योे ।

हत्याका दोषीले ब्लडमनीवापत् रकम तिरेमा सजाय छुट हुने साउदी अरेबियाको कानुनमा उल्लेख छ । ९० लाख रकम जुटाउन सामाजिक स्वयं सेवक मिसन सक्रिय भएको थियो ।

ब्लडमनी वापत्को रकम संकलन गरेर छोराको ज्यान बचाइदिएकोमा महतोका बाबु सुकरा महतोले खुशी व्यक्त गरे । उनले सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे । जलेश्वरकी आमा मलुई महतोले छोराको जीवनरक्षा भएकोमा सबैमा धन्यवाद व्यक्त गरिन् ।

जलेश्वर बचाऔ अभियानमा सरकारको तर्फबाट कुनै सहयोग नभएको र सरकारले लाचारीपन देखाएको सहयोगीले बताए । सिद्धार्थ अधिकारीले सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीहरु मर्कामा पर्दा बेवासता गरेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले भने, ‘सबै काम जनताले गर्ने हो भने सरकारले के भ्रष्टचारी मात्रै पालेर बस्ने ?’ मिसनकी सदस्य सुमित्रा बोहोराले पनि देशविदेश मा दुख गरेर सहयोग गर्नुहुने सबैमा धन्यवाद दिइन् ।

सेवा नै धर्म हो भन्दै आफ्नो नागरिकको हित र रक्षाका लागि नेपालीहरु जहाँसुकै रहेपनि सहयोग गर्ने गरेको बताइन् ।

प्रकाशित मिति: Dec 12, 2019

प्रतिक्रिया दिनुहोस्