Logo
८ बैशाख २०८१, शनिबार
(December 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी लाइनमा पार्टीको गोप्य कार्ययोजना बनाउन आज र भोलि प्रचण्डको गुप्तवास

पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड आज र भोलि पार्टीको कार्ययोजना बनाउनको लागि गुप्तवास बस्ने भएका छन् ।

पार्टीमा कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि अध्यक्ष दाहालले पार्टीलाई सशक्त ढंगले अघि बढाउनेगरि कार्ययोजना बनाउन लागेका हुन् ।

यसअघि उनले पार्टीको सचिवालय बैठक पनि दुई पटक राखिसकेका छन् । उनको अध्यक्षतामा बसेको बैठकले यही मंसिर २९ गते स्थायी समितिको बैठकसमेत राखेको छ ।

उक्त बैठकमा महत्वपूर्ण निर्णय लिनेगरि उनी यतिवेला आन्तरिक गृहकार्यमा जुटेका हुन् । दाहालनिकट उच्च स्रोतले जनाएअनुसार उनी काठमाडौं उपत्यका नजिकैको जिल्लाको कुनै एक रिसोर्टमा बसेर पार्टीलाई स्थानीय तहसम्म चलायमान बनाउनेगरि महत्वपूर्ण दस्तावेज लेख्न लागेका हुन् ।

यसको लागि उनले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि सल्लाह गरिसकेका छन् । एपेण्डिसाईटिसको शल्यक्रियापछि अध्यक्ष ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेर आराम गरिरहेका छन् ।

उनको अनुपस्थितिमा अध्यक्ष दाहालले पार्टी सञ्चालनसम्बन्धी महत्वपूर्ण निर्णय लिँदै आएका छन् । २९ गते मंसिर बस्ने बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्षमा मनोनित गर्नेगरि विधान संशोधन गर्नेपनि तयारी गरेको बुझिएको छ ।

प्रकाशित मिति: Dec 12, 2019

प्रतिक्रिया दिनुहोस्