Logo
४ बैशाख २०८१, मंगलबार
(December 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात, हल्का वर्षाको सम्भावना

पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातसँगै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बुधबार साँझ देशका पश्चिमी भूभाग हुँदै प्रवेश गरेको उक्त वायुको प्रभावले उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात तथा पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताए। उनका अनुसार यो प्रणाली अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी भूभागमा समेत हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

उक्त प्रणालीका कारण आगामी तीन दिन देशैभरि बदली भई अधिकतम र न्यूनतम तापक्रममा कमी आई चिसो बढ्ने जनाइएको छ । हाल देशका पश्चिमी भूभागलगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको बताइएको छ ।

राति देशका पश्चिमी भूभागका केही स्थानमा र मध्य तथा पूर्वी पहाडका एक वा दुई स्थानमा हल्का वर्षा र पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: Dec 12, 2019

प्रतिक्रिया दिनुहोस्