Logo
११ बैशाख २०८१, मंगलबार
(December 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किराया प्राकास दुहबीको रक्तदान

एक नम्बर प्रदेश स्थित सुनसरीको दुहबीमा रहेको किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति दुहबीको
आयोजनामा विहीवार वृहत रक्तदान कार्यक्रम समपन्न भएको छ । दुहवी ५ स्थित कोशी राजमार्ग सडक खण्ड छेवमा रेडक्रस सोसाईटी बिराटनगरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १३ महिला र २८ पुरुष गरि ४१ जनाले रक्तदान गरेका
छन । संस्थाले किरात राईहरुको महान चाड उधौली पर्वको अवसर पारेर हरेक साल पुजाआजा र नाचगान सहित निरन्तर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको संस्थाका अध्यक्ष ज्ञान बहादुर राईले बताए । किराया जिल्ला कार्य समिति सुनसरीका सदस्य यलमहाङ राईको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रमका संयोजक किराया सुनसरीका आजिवन सदस्य भिमशंकर राई रहेका थिए ।

प्रकाशित मिति: Dec 12, 2019

प्रतिक्रिया दिनुहोस्