Logo
७ बैशाख २०८१, शुक्रबार
(December 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूकम्प प्रभावित ११ सम्पदाको पुनर्निर्माणका लागि INTACH सँग सम्झौतापत्रमा हस्ताक्षर

भूकम्पका बेला भत्किएका नेपालको ११ वटा सम्पदाको पुनर्निर्माणका लागि काठमाडौं स्थित भारतीय राजदूतावासले इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजसँग INTACH सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

उक्त सम्झौता पत्रमा भारत सरकारको तर्फबाट काठमाडौं स्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजयकुमार तथा INTACH का सदस्य सचिव श्रीमती डा. सि.टी मिश्राले हस्ताक्षर गरेका थिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वरिष्ठ अधिकारी तथा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीको पनि उक्त समारोहमा उपस्थिति रहेको थियो । उनी अब कार्यकाल सकेर भारत फर्किने क्रममा रहेका छन् ।

INTACH ले काठमाण्डौ, ललितपुर, भक्तपर र सोलुखुम्बु गरी चार जिल्लाका ११ वटा साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गर्नेछ ।

साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि नेपाल सरकारले तयार पारेको निर्देशिका अनुरुप साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण तथा संरक्षणका लागि INTACH ले नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभाग सँग मिलेर काम गर्नेछ ।

भारतभरी १९० भन्दा बढी शाखाहरु रहेको  INTACH विश्वको सबैभन्दा ठूलो साँस्कृतिक सङ्घठनहरु मध्येकोे एक हो । सन् २००७ मा संयुक्तराष्ट्र संघ आर्थिक तथा सामाजिक परिषद्कालागि INTACH लाई विशेष परामर्शदातृको रुपमा लिइएको छ ।

प्रकाशित मिति: Dec 12, 2019

प्रतिक्रिया दिनुहोस्