Logo
१३ बैशाख २०८१, बिहीबार
(December 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेष्ठ नागरिक स्वास्थ्यशिविरमा १सय १० जनाको स्वास्थ्य परीक्षण

इटहरी: इटहरी उपमहानगर वडा नम्वर ६ ले जेष्ठ नागरिकका लागि गरेको स्वास्थ्यशिविरमा १सय १० जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

जेष्ठ नागरिकको लागि छाला,कपाल,यौनरोग र कुष्ठरोग परीक्षण शिविर गरिएको वडाध्यक्ष दीपक गौतमले वताए।स्वरा स्किन एण्ड हेयर क्लिनिकका डा. मनोज चौधरीले स्वास्थ्य परीक्षण गरे। विरामीलाई उपलब्ध औषधी निशूल्क वितरण गरिएको छ ।

धेरैजसोमा छाला चिलाउने इग्जिमाको समस्या देखिएको डा. चौधरीले वताए। डा चौधरीका अनुसार दाद,पोतो,चायाँ र नङ्गको समस्या हुने पनि धेरै जनाको परीक्षण गरिएको छ ।

प्रकाशित मिति: Dec 12, 2019

प्रतिक्रिया दिनुहोस्