Logo
१३ बैशाख २०८१, बिहीबार
(December 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोलकता महोत्सवमा नेपाली बालनाटक ‘करेसा कन्सर्ट’ को पहिलो मञ्चन

कोलकतास्थित भारत सरकारको इन्टर्न जोनल कल्चरल सेन्टरको पूर्वसी अडोटोरियममा विभिन्न देशको बालबालिका लक्षित गरी बनाइएको नाटकसँगै नेपाली नाटक पनि मञ्चन भएको हो ।
राराहिल स्कूलको प्रस्तुति र थिएटर मल नेपालको थिएटर सेन्टर फर चिल्ड्रेनले संयोजन गरेको नाटकको लेखन, परिकल्पना तथा निर्देशन रंगकर्मी केदार श्रेष्ठले गरेका हुन् ।

११ देशका १७ नाटकले सहभागिता जनाएको महोत्सवमा नेपालबाट छनौट भएको ‘करेसा कन्सर्ट’ को बुधबार नेपालसंगै रसिया, इरान र श्रीलंकाको नाटक पनि मञ्च भएको थियो । महोत्सवमा चीन, मेक्सिको, मलेसिया, हंगेरी, बंगलादेश, प्यालेस्टाइन, भारतका नाटकहरु पनि सहभागी छन् ।
राराहिल कीर्तिपुरकै विद्यार्थीहरुले अभिनय गरेको नेपाली नाटक ‘करेसा कन्सर्ट’मा हाम्रा करेसाबारीका तरकारी पात्रहरुको कथा छ ।

नाटकमा विभिन्न पात्रहरु मार्फत तरकारीको महत्व र विशेषतालाई नाटकीकरण गर्दै मानव स्वास्थ्यमा त्यसको लागि आवश्यकता उल्लेख गरिएको छ । साथै नाटकले आर्को पाटोबाट नेपाली समाजको चित्रण गर्दै समाजिक अस्तित्व, भेदभाव, अन्यौलता र निर्णयलाई चित्रण गरेको छ ।
नाटकमा नसना महर्जन, सविना सेन, सुधा खनाल, मञ्जु महर्जन, कविना रोक्का, ओसिन राई, सुधा खनाल, सुजाता भट्ट र लकस महर्जनको अभिनय छ ।

रंगकर्मी सञ्जिता पराजुलीले कोरियोग्राफी गरेको नाटकमा शंकर भण्डारी स्टेज म्यानेजर छन् भने नाटकको कला तथा कस्ट्युम डिजाइन फाइन आर्टिस्टहरु संघ्राम महर्जन र सुजिता महर्जनले गरेका हुन् । राराहिलका सुनिल महर्जन र नीरज महर्जनको नेतृत्वमा गएको नेपाली नाट्य टोली महोत्सवमा नाटक प्रस्तुतिपछि शनिबार देश आइपुग्दैछन् ।

रंगकर्मी केदार श्रेष्ठले ५ देखि १५ वर्ष उमेर समूहका लागि लक्षित गरेर यो नाटक तयार पारेका हुन् । अरु देशमा बाल रंगमञ्चको स्थान उच्च रहेको अवस्थामा नेपालमा भने बाल रंगमञ्च अभाव र यसप्रति वेवास्ता छ । बालबालिका पहिलो प्राथमिकतामा रहने समाज नै उन्नत र समृद्ध हुने विश्वासका साथ थिएटर मलको थिएटर सेन्टर फर चिल्ड्रेन प्रतिवद्ध छ

प्रकाशित मिति: Dec 12, 2019

प्रतिक्रिया दिनुहोस्