Logo
६ बैशाख २०८१, बिहीबार
(December 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेशका २१ गाउँबस्ती छाउगोठ मुक्त घोषणा

कर्णालि प्रदेश अन्तर्गत जुम्लाका २१ गाउँबस्ती छुइगोठमुक्त घोषणा भएका छन् । जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी निकायले गरेको चेतना अभिवृद्धिका कारण २१ गाउँबस्ती छुइगोठमुक्त घोषणा भएका हुन् ।

सर्वोदय नेपाल, किर्डाक नेपाल जुम्ला, आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्ला, एक्सन बक्स जुम्लालगायतका सङ्घ संस्थाको साझेदारीमा र विभिन्न स्थानीय तहको आयोजनामा २१ गाउँबस्ती छुइगोठमुक्त घोषणा भएका छन् ।

गैरसरकारी संस्था सर्वोदय नेपाल जुम्लाका अनुसार २१ गाउँबस्तीका एक हजार ७४० घरधुरी छुइगोठमुक्त घोषणा भएका छन् । जिल्लाका आठ हजार ७८९ ले छुइ नमान्ने गरेको सर्वोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्रीले बताए ।

छुइगोठमुक्त घोषणा अभियानलाई अझ बढी व्यावहारिक र प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै उनले महिलामाथिको अत्याचार अन्त्यका लागि स्वयं महिला नै एकजुट भएकाले विस्तारै जुम्लामा छुइप्रथा न्यूनीकरण हुँदै जाने बताए ।

लैङ्गिक समानता, महिलाको कार्यबोझ न्यूनीकरण र महिलामा भएको विभेद छाउपडी प्रथा न्यूनीकरण विषयमा सर्वोदय नेपाल जुम्लाले काम गर्दे आएको छ ।

घरदैलो, सामूहिक प्रतिबद्धता, हस्ताक्षर, वडापालिका र गाउँपालिकास्तरीय समन्वयात्मक बैठक र अनुगमनको प्रतिवेदनका आधारमा छुइगोठ घोषणा कार्यक्रम गरिएको कार्यकारी निर्देशक खत्रीले जानकारी दिए ।

पाँच वर्षदेखि इटालियन फाउन्डेशन र सर्वोदय नेपाल ललितपुरको आर्थिक सहयोगमा यस संस्थाले महिला सशक्तीकरण तथा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।

प्रकाशित मिति: Dec 12, 2019

प्रतिक्रिया दिनुहोस्