Logo
६ बैशाख २०८१, बिहीबार
(December 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सरकारको आयोजनामा उधमशिल बिकास १० दिने तालिम दुहबीमा सुरु

प्रदेश १ सरकारको उधोग ,पर्यटन वन तथा वातावरण मन्त्रालय को आयोजनामा वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय घरेलु तथा साना उधोग कार्यलय इटहरीको सहकार्यमा सुनसरीको दुहबी १०
सिमरियामा नगर स्तरिय उधमशिल बिकास तालिम सुरु भएको छ ।

सो तालिममा दुहबी नगरपालिकाको १२ वटै वडाको २५ जना महिला प्रशिक्षार्थि सहभागि भएको कार्यक्रमका संचालिका
सरिता उरावले बताए । उक्त तालिमको उद्घाटन गर्नुहुँदै घरेलु तथा साना उद्योग कार्यलय ईटहरी सुनसरीका प्रमुख विशेश्वर रेग्मीले दुहबी नगरका महिला हरुलाई उधमशिल बिकासको तालिम लिएर आत्म निर्भर हुँनुपर्नेमा जोड दिनुभयो । साथै वहाले दुहबीका महिलाहरुको क्षमता अभिवृद्धि गरेर उद्धमी बन्न सक्दो सहयोग गर्ने र नगर भित्र उद्योग सन्चालन गर्न साझा उद्योग घर बनाई दिने प्रतिबद्धता जनाउँनुभयो । सो कार्यक्रमका प्रमुख अथिती दुहबी नगर आर्थिकविकास समितिका सम्योजक तथा दुहबी १० का वडाअध्यक्ष समेत रहेका लधुराम माझिले स्वरोजगार बनाइ समुहमा उधशिल बनाउने योजना रहेको बताउनु भयो ।

प्रकाशित मिति: Dec 11, 2019

प्रतिक्रिया दिनुहोस्