Logo
७ बैशाख २०८१, शुक्रबार
(December 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वार्तापछि पूर्वी युक्रेनमा युद्धविराम गर्न पुटिन र जेलेन्स्की सहमत

रुस र युक्रेन पूर्वी युक्रेनमा युद्धविराम गर्न सहमत भएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति वोल्दोमायर जेलेन्स्कीबीच सोमबार पेरिसमा भएको वार्तापछि दुवैपक्ष सन् २०१९ को अन्त्यसम्ममा युद्ध रोक्न सहमत भएका हुन्।

फ्रान्स र जर्मनीका नेताहरुको मध्यस्थतामा यो वार्ता भएको थियो। वार्तापछि जारी वक्तव्यमा दुवै मुलुक द्वन्द्वमा समातिएका कैदी मुक्त गर्न सहमत भएको जनाइएको छ।

गत पाँच वर्षदेखि पूर्वी युक्रेनमा सरकारी सेना र रुससमर्थित विद्रोहीबीच युद्ध चलिरहेको छ। जसमा १३ हजारले ज्यान गुमाइसकेका छन्।

प्रकाशित मिति: Dec 10, 2019

प्रतिक्रिया दिनुहोस्