Logo
१५ चैत्र २०८०, बिहीबार
(December 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशी हिन्दूलाई नागरिकता दिने गरी विधेयक पारित, आसाम, बंगाल लगायतका क्षेत्रमा विरोध सुरु

भारतको लोकसभाबाट नागरिकता संशोधन विधेयक पारित भएको छ ।

सोमबार लोकसभामा भएको मतदानमा विधेयकको पक्षमा ३११ मत र विपक्षमा ८० मत परेको थियो । भारी मतले पारित भएसँगै विधेयकलाई बुधबार राज्यसभामा पेश गरिने छ ।

नागरिकता संशोधन विधेयकमा बंगलादेश, पाकिस्तान र अफगानिस्तानका हिन्दू, जैन, इसाइ, शिख र फारसी समुदायलाई भारतीय नागरिकता दिने प्रस्ताव गरिएको छ । तर विधेयकमा मुस्लिम समुदायलाई भने यस्तो सुविधाबाट वञ्चित गरिएको छ ।

नागरिकता संशोधन विधेयकको पक्षमा जेडियु, शिवसेना, बिजेपी र पूर्वोत्तरका केही दलले मत हालेका थिए । राज्यसभाबाट समेत नागरिकता विधेयक सहजै पारित हुने अपेक्षा गरिएको छ ।

नागरिकता संशोधन विधेयकलाई लिएर आसाम, बंगाल लगायतका क्षेत्रमा विरोध सुरु भएको छ । आसामको नर्थ इस्ट स्टुडेन्ट अर्गनाइजेशन र अल असम स्टुडेन्ट युनियनले मंगलबार बन्द आव्हान गरेका छन् ।

उत्तर पूर्वोत्तर राज्यका आदिवासीले बाहिरबाट आएकालाई नागरिकता दिँदा आफ्नो पहिचान र जीविका खतरामा पर्ने भन्दै विरोध जनाएका हुन् । आसामका अलवा त्रिपुरामा समेत नागरिकता संशोधन विधेयकको विरोध गर्दै प्रदर्शन भइरहेको छ ।

त्रिपुरामा भारतीय जनता पार्टी निकट इन्डिजिनस पिपुल फ्रन्ट अफ त्रिपुरासहित कैयौं आदिवासी समूहले सोमबार बन्दको आयोजना गरेका थिए । यता अमेरिकाको एक आयोगले नागरिकता संशोधन विधेयकलाई लिएर गृहमन्त्री अमित शाहमाथि प्रतिबन्ध प्रतिबन्ध लगाउनुपर्ने माग गरेको छ ।

प्रकाशित मिति: Dec 10, 2019

प्रतिक्रिया दिनुहोस्