Logo
१५ चैत्र २०८०, बिहीबार
(December 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई हजार ६०० फरार गिरोह पक्राउ गर्न प्रहरी सफल

जिल्ला प्रहरी कार्यालय चितनवनका अनुसार ६ महिनामा विभिन्न मुद्दामा फरार अभियुक्त तथा आपराधिक घटनामा सङ्लग्न दुई हजार ६०० पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार ७८ फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाइएको छ ।

विभिन्न आपराधिक घटनामा सङ्लग्न रही अदालतको फैसलाबाट कैद जरिवाना तोकिएका ७५ पुरुष र तीन महिला छन् । प्रहरीका अनुसार अनुपातमा अभियुक्तहरुले छ महिनादेखि दुई वर्षसम्म कैद सजाय पाएका छन्

। उनीहरुबाट रु सात लाख ८३ हजार ५०० जरिवाना असुल गरिएको छ । अपराध मुद्दामा ४४६, अभद्र व्यवहारमा ४१३ जनालाई सरकारी वकिलको कार्यालयमार्फत मुद्दा चलाइएको छ ।

अवैध सट्टेबाजी, नेटवर्किङ ठगी, चोरीको मोटरसाइकल किनबेच गर्ने गिरोह पक्राउ गर्न प्रहरी सफल भएको छ । ‘क्लिन चितवन अभियान” अन्तर्गत विभिन्न घटनामा सङ्लग्न एक हजार ७४७ लाई सोधपुछ तथा परार्मश गरी छाडिएको छ ।

यस्तै जबरजस्ती वेश्यावृतिमा लगाउने पाँच जनालाई पक्राउ गरी छुट्टाछुट्टै तीन वटा मानव बेचविखन तथा ओसारपसार मुद्दा चलाइएको छ । जुवातास खेल्ने १३३ लाई पक्राउ गरी छुट्टाछुट्टै १६ वटा मुद्दा चलाएको प्रहरीले जनाएको छ ।

चितवन प्रहरीले अवैध लागुऔषध खरिद विक्री तथा ओसापसार गर्ने ६७ जनालाई पक्राउ गरी छुट्टाछुट्टै ४० जनालाई मुद्दा चलाएको छ । जिल्लाको पहाडी क्षेत्रमा अवैधरुपमा लगाइएको १५० विघा गाँजा नष्ट गरेको छ ।

जिल्लमा ६ महिनाको अवधिमा सवारी नियम उलङ्घन गरी सवारी चलाउने २१ हजार ५१३ वटा सवारी तथा सवारी चालकलाई कारवाही गरिएको छ । उनीहरुबाट रु एक करोड ६९ लाख २४ हजार राजश्व सङ्कलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Dec 9, 2019

प्रतिक्रिया दिनुहोस्