Logo
१३ बैशाख २०८१, बिहीबार
(December 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३४ वर्षमै फिनल्याण्डको प्रधानमन्त्री बन्ने निश्चित साना मरिन !

साना मिरेला मरिन फिनल्याण्डको सत्तारुढ सोसल डेमोक्रेटिक पार्टी (एसडिपी) को नेता बनेकी छन् ।

योसँगै मरिन सबैभन्दा कम उमेरमा फिनल्याण्डको प्रधानमन्त्री बन्ने निश्चित भएको छ । त्यस्तै विश्वमा नै उनी बहालवाला प्रधानमन्त्रीमध्ये सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्नेछिन् ।

३४ वर्षीया मरिन बामपन्थी झुकाव राख्ने राजनीतिज्ञ हुन् । गठबन्धन सरकारको सबैभन्दा ठूलो दल सोसल डेमोक्रेटिक पार्टीको नेता बनेलगत्तै केही समयपछि मरिन फिनल्याण्डको प्रधानमन्त्री बन्दैछन् ।

हाल मरिनले फिनल्याण्डको यातायात तथा सञ्चारमन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएकी छन् । योसँगै मरिन कम उमेरमा फिनल्याण्डको प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुनेछिन् । साथै विश्वका बहालवाला प्रधानमन्त्रीमध्ये मरिन नै सबैभन्दा कम उमेरको प्रधानमन्त्री हुनेछिन् । र उनी फिनल्याण्डको तेस्रो महिला प्रधानमन्त्री बन्न सफल हुनेछिन् ।

गत अप्रिलमा भएको निर्वाचनमा सोसल डमोक्रेट पार्टी फिनल्याण्डको सबैभन्दा ठूलो दल बन्न सफल भएको थियो । उक्त निर्वाचनमा एसडिपीले ४० सिटमा जित हात पार्दै ठूलो दल बनेको हो ।

एसडिपीका नेता आन्टी रिनेले मंगलबार पार्टीको नेताबाट राजीनामा दिएका छन् । यसअघि डिसेम्बर ३ मा उनले प्रधानमन्त्रीको पदबाट समेत राजीनामा दिएका थिए । रिनेको राजीनामापछि मरिनलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।

रिनले राजीनामा दिएलगत्तै एसडिपीले मरिनलाई आफ्नो नेता चुनेको छ ।

प्रकाशित मिति: Dec 9, 2019

प्रतिक्रिया दिनुहोस्