Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानी खेलाडीलाई रात्रिभोज आयोजना गरी दूतावासको सम्मान

नेपालस्थित पाकिस्तानी राजदूतावासले दक्षिण एशियाली खेलकुदमा सहभागि पाकिस्तानी खेलाडीहरुलाई सम्मान गरेको छ ।

राजदूतावासले काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा खेल्न आएका खेलाडीहरुलाई रात्रिभोज आयोजना गरी सम्मान गरेको हो ।

साग सकिन दुई दिन अघि राजदूतावासले आफूहरुलाई सम्मान गरेकाले थप ऊर्जा मिलेको खेलाडीहरुले बताएका छन् । नेपालका लागि पाकिस्तानी राजदूत मजहार जावेदले आफ्ना खेलाडीहरुले अपेक्षा अनुसार प्रदर्शन गरी पदक जितेको भन्दै प्रशंसा गरे ।

दूतावासले खेलाडीहरुले राम्रो प्रतिस्पर्धा गरिरहेको र थप ऊर्जा दिन सम्मान गरिएको बताएको छ । १३ औं सागमा पाकिस्तानले अहिलेसम्म २९ स्वर्ण, ३४ रजत तथा ४७ कांस्य गरी कुल १ सय १० पदक प्राप्त गरेको छ ।

प्रकाशित मिति: Dec 9, 2019

प्रतिक्रिया दिनुहोस्