Logo
६ बैशाख २०८१, बिहीबार
(December 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोमान्टिक लभ सङ्ग बोलाउ तिमी…! को भिडियो सार्वजनिक (हेर्नुस् भिडियो)

गायक बादल लिम्बुको नयाँ गीत “बोलाउ तिमी” को भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय गायिका अन्जु पन्त र बादल लिम्बुको युगल गायन रहेको गीतमा बादल लिम्बुको संगीत रहेको छ । गीतका शब्द भद्रकला आङबुहाङ राईले लेखेकी हुन् ।

पार्श्व गायनबाट आफ्नो संगीत यात्रा सुरु गरेका गायक लिम्बुको चलचित्र होमवर्कमा समावेश “हराए म तिम्रो” बोलको गीत चर्चित छ ।

यसघि १०० भन्दा बढी गीतमा आफ्नो संगीत दिसकेका लिम्बुले गायक राजेश पायल राईको दर्शन नमस्ते ४ एल्बममा रहेको गीतमा समेत संगीत दिएका छन ।

पहिलो नेपाली आइडल समेत रहेका गायक लिम्बुको स्वरमा ५० भन्दा बढी गीत सार्वजनिक भैसकेका छन । “बोलाउ तिमी” रोमान्टिक लभ सङ हो ।

रमाइलो तरिकाले निर्माण गरिएको भिडियोमा ळक्षु शर्मा, प्रकाश शर्मा र हाल कमेडी च्यामपिएन शो मा होस्टका रुपमा रहेकी नायिका तथा मोडेल रिमा विश्वकर्माको अभिनय रहेको छ ।

बियोण्डको निर्देशनमा बनेको भिडियोमा एकदेव लिम्बु सहायक निर्देशकका रुपमा रहेका छन । भिडियोमा बिकाश मगरको छायांकन तथा सम्पादन रहेको छ । ओ एस आर डिजिटल मार्फत सार्वजनिक गरिएको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

हेर्नुस् भिडियो : 

प्रतिक्रिया दिनुहोस्