Logo
८ बैशाख २०८१, शनिबार
(December 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड अभिनेता नवाजुद्दिनकी २६ वर्षे बहिनी तमशी सिद्दीकीको निधन

बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीकी बहिनी सायमा तमशी सिद्दीकीको निधन भएको छ ।

पुणे, महाराष्ट्रको एक अस्पतालमा शनिबार सबेरै करिब ३ बजे उनले अन्तिम सास फेरेकी हुन् ।

उ २६ वर्षकी थिइन् र पछिल्लो ८ वर्षदेखि स्तन क्यान्सरबाट आक्रान्त थिइन् । नवाजका भाइ अयाजुद्दीन सिद्दीकीले यसबारे जानकारी दिएका हुन् ।

अयाजुद्दीनका अनुसार नवाज अमेरिकामा थिए तर बहिनीको मृत्युको खबर पाएपछि उनी भारत फिर्ता भइरहेका छन् ।

नवाजुद्दीनका भाइ फैजुद्दीन सिद्दीकीले सायमाको शव लिएर आफ्नो पैतृक गाउँ बुढाना (उत्तर प्रदेश) लिएर गएका हुन् ।

त्यहाँ उनका अन्य भाइ अयाजुद्दीन, माजुद्दीन र मिनहाजुद्दीन छन् । नवाजबाहेक उनका दुई भाइ निर्देशक शमास नवाब सिद्दीकी र वकिल हाजी अलमाजुद्दीन सिद्दीकी पनि शनिबार बेलुकीसम्म बुढाना पुगेका छन् । आइबार बिहान सायमाको अन्तिम संस्कार गरिएको छ ।

प्रकाशित मिति: Dec 8, 2019

प्रतिक्रिया दिनुहोस्