Logo
११ बैशाख २०८१, मंगलबार
(December 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साग अन्तर्गत टि-२० महिला क्रिकेटको उपाधि बंगलादेशको पोल्टामा, श्रीलं‌का २ रनले पराजित

तेह्रौँ साग अन्तर्गत पोखरा रङ्गशालामा सम्पन्न महिला क्रिकेटको उपाधि बंगलादेशले लिँदै । आइतबार भएको खेलमा बंगालादेशले ७नतसीलङ्कालाई २ रनले पराजित गरेका हो । जितपछि खुसी मनाउँदै बङ्गलादेशको टोली । तस्वीर : जमुना वर्षा शर्मा/रासस

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टि–२० महिला क्रिकेटको उपाधि बंगलादेशले जितेको छ । बंगलादेशसँग श्रीलं‌का २ रनले पराजित भएको हो ।

बंगलादेशका लागि निगर सुल्तानाले २८ बलमा सर्वाधिक २९ रन बनाइन् । श्रीलंकाकी बलर उमेशा थिमासिनीले एक्लै चार विकेट लिइन् ।

लो–स्कोरिङ म्याचमा श्रीलंकालाई हराउँदै बंगलादेशले २ रनकोे जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रनमा समेटिएको थियो । श्रीलंका ८९ रनमा अलआउट भयो ।

प्रकाशित मिति: Dec 8, 2019

प्रतिक्रिया दिनुहोस्