Logo
१३ बैशाख २०८१, बिहीबार
(December 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जताततै ट्रक-टिप्पर आतंक : ठक्करबाट बालिकाको मृत्यु भएपछि कोहलपुर तनावग्रस्त

प्रदेश ५ स्थित बाँके जिल्लाको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ । आक्रोशित समूह र प्रहरीबीच ढुंगा हानाहान भएको थियो ।

आइतबार बिहान कोहलपुर-नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोकको यो घटना हो । स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

दर्जनौं गाडीहरु बीच सडकमै रोकिादा यात्रुहरु अलपत्र परेका छन् । सडकमा रोकिएका अधिकांश गाडीहरुको सिसा विद्यार्थीहरुले फुटाइदिएका छन् । उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पनि पारेका छन् ।

प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: Dec 8, 2019

प्रतिक्रिया दिनुहोस्