Logo
१३ बैशाख २०८१, बिहीबार
(December 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिण एसियाली खेलकुदमा आज १५ खेलमा प्रतिस्पर्धा : नेपाल-बंगलादेश भिड्ने

दक्षिण एसियाली खेलकुद (सागमा) आज १५ खेलमा प्रतिस्पर्धा हुँदै छ । फुटबलमा नेपाल र बंगलादेश भिड्ने छन् ।फुटबलतर्फ नेपाली पुरुष टोलीले बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको विजेताले फाइनलको यात्रा तय गर्ने छन् ।

क्रिकेटतर्फ महिला क्रिकेटमा स्वर्ण पदकको लागि टेष्ट राष्ट्र श्रीलंका र बंगलादेश भिड्दै छन् ।खेल दशरथ रंगशालामा बेलुका ५ बजे शुरु हुनेछ ।

यस्तै, लिग चरणको अन्तिम खेलमा टीयू क्रिकेट मैदानमा हुने पुरुष क्रिकेटमा टेष्ट राष्ट्र श्रीलंका यू९२३ र बंगलादेश यू९२३ बीच प्रतिस्पर्धा हुनेछ । पोखरामा हुने भारोत्तोलनमा पनि विभिन्न स्पर्धा हुनेछ ।

बास्केटबलमा लिग चरणअन्र्तगत नेपालले पुरुषमा माल्दिभ्ससँग खेल्ने छन् । महिलामा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।नेपालले महिलातर्फको ह्याण्डबलमा स्वर्णको लागि भारतसँग खेल्दैछ । पुरुषतर्फ भारतले पाकिस्तानको सामना गर्ने छ ।

प्रकाशित मिति: Dec 8, 2019

प्रतिक्रिया दिनुहोस्