Logo
१३ बैशाख २०८१, बिहीबार
(December 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्रीद्वारा विमानस्थलको अनुगमन, धावनमार्ग विस्तार गर्ने जनाए प्रतिबद्धता

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले दाङको टरिगाउँ विमानस्थलको अनुगमन गरेका छन् । तुलसीपुर उपमहानगरपालिका-१२ टरिगाउँस्थित उक्त विमानस्थलको आज अनुगमन गरेका हुन् ।

कुनै समय यात्रु अभावमा अवरुद्ध भए पनि पछिल्लो समय दैनिक दुई उडान थालेकाले उक्त विमानस्थलको धावनमार्ग विस्तारको अवस्थाका बारेमा उनले अनुगमन गरेका हुन् ।

अहिले धावनमार्ग सानो हुँदा साना जहाज मात्रै आउने गरेकाले अब ठूला जहाज ल्याउनका लागि धावनमार्ग विस्तार गर्ने समेत प्रतिबद्धता जनाए ।

“अहिले धावनमार्ग सानो छ, ठूला जहाज आउन सकेको अवस्था छैन”, उनले भने, “अब यसलाई विस्तार गरी ठूला जहाज ल्याउन आवश्यक छ ।” उनले धावनमार्ग विस्तारका लागि केन्द्रीय सरकारले बजेटमा समेटेकाले अहिले ७५० मिटर रहेको उक्त धावनमार्गलाई एक हजार २०० मिटर बनाउने समेत बततए ।

स्थानीय सरकारले नियमित हवाई सेवा शुरु गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले अब प्रदेश र केन्द्रीय सरकारले नियमित हवाई सेवा शुरु गर्ने गरी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । साथै नियमित हवाई सेवालाई थप सहज बनाउनका लागि इन्धन डिपो स्थापना गर्नसमेत पहल थाल्ने बताए ।

त्यस अवसरमा प्रदेशसभा सदस्य बिमला ओली, उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे लगायतको टोलीले अनुगमन गरेको थियो ।

प्रकाशित मिति: Dec 7, 2019

प्रतिक्रिया दिनुहोस्