Logo
१५ चैत्र २०८०, बिहीबार
(December 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘गल्ती नगरेकालाई अख्तियारले लगेको छैन, प्रमाणै फेला परेपछि त के गर्नु त ?’

पोखरा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने बताएकी छन्।

नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले शनिबार पोखरामा आयोजना गरेको ‘आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’ बोल्दै मन्त्री अर्यालले आफ्नो व्यवस्थापकीय क्षमता के हो भनेर गेटदेखि नै झल्किनेगरी काम गर्न कर्मचारीलाई आग्रह गरेकी हुन्।

‘जनताले मालपोत र नापी सुध्रिएछन् भन्ने देखिने गरी काम गर्नुहोस्’, उनले भनिन्।’ मन्त्री अर्यालले कर्मचारीलाई कमजोर मनस्थिन नबनाउन आग्रह गर्दै सेवाभावका साथ प्रस्तुत हुन निर्देशन दिइन्।

जागिरे मानसिकताबाट माथि उठेर निस्वार्थरुपमा काम गरे डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो। ‘तपाईहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन। गल्ती नगरेकालाई अख्तियारले लगेको छैन। प्रमाणै फेला परेपछि त के गर्नु तरु’ उनले भनिन्, , ‘काम ढिलो गरेर पैसा लिन्छन् भन्छन्।  यदि हो भने त्यस्तो गर्नुभएन। परिवर्तनको अनुभूति तपाईंहरूको टेबुलबाटै देखिने हो।’ राम्रो काम गर्ने कर्मचारीको संरक्षण गरिने भन्दै उनले बिनाकारण कसैलाई पनि अन्यायमा नपारिने बताइन्।

काम गर्ने क्रममा ठूला मुन्द्रा लगाउने विभिन्न व्यक्तिहरूसँग नडराउन समेत मन्त्री अर्यालले आग्रह गरिन्। प्रलोभनमा नपरी राष्ट्र र जनताको सेवामा समर्पित हुननिर्देशन दिँदै उनले भनिन, ‘ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस्। गैंडासँग नलोभिनुस्, इमान्दार भएर सेवामा समर्पित हुनुहोस्।’ मन्त्रालयले पहिलोपटक राष्ट्रिय भूमि नीति बनाएको भन्दै मन्त्री अर्यालले त्यसका आधारमा सरकारले अब एकीकृत भूमि ऐन बनाउन लागेको जानकारी दिइन्।

सरकारले निर्माण गरेका नीति नियम पढेर अगाडि बढ्न आग्रह गर्दै उनले प्रविधिको प्रयोग गर्ने कुरा उदाहरणीय भएको बताइन्। अब जनशक्ति धेरै नभएर जनशक्ति कम गर्दै प्रविधिबाट काम गर्नेगरी मन्त्रालय जान खोजेको उनको भनाइ थियो। प्रविधिलाई जोड्दा छिटो काम हुने भन्दै मन्त्री अर्यालले अब यसलाई जोड दिन आग्रह गरिन्। ‘अबका मालपोत त नापी कार्यालय प्रविधिमैत्री कार्यालय हुन्’, उनले भनिन, ‘अहिले केही ठाउँबाट सुरु गरिएको छ अब सबै ठाउँमा यो सेवा पुग्छ।’

कार्यक्रममा बोल्नै मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले भूमि र नापी दुवै जग्गा व्यवस्थापनका निम्ति स्थापना गरिएको भन्दै जनतालाई सुबिधा हुनेगरी समन्वयतात्मक ढंगले काम गर्न आग्रह गरे।कार्यक्रममा गण्डकी प्रदेशका भूमि तथा नापी कार्यालयका कर्मचारी सहभागी थिए।

प्रकाशित मिति: Dec 7, 2019

प्रतिक्रिया दिनुहोस्