Logo
१३ बैशाख २०८१, बिहीबार
(December 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारीकै कारण संघीयता खतरामा पर्ने भएको छ : प्रचण्ड

सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा शुक्रबार धनगढीमा शुरु भएको सुदूरपश्चिम वित्तीय सम्मेलन’ मा मन्तव्य व्यक्त गर्नुहुँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्वीर : सिद्धराज भट्ट/रासस

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कर्मचारीकै कारण संघीयता खतरामा पर्ने बताएका छन् ।

सुदूरपिश्चम प्रदेश सरकारले आयोजना गरेको वित्तीय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले कर्मचारीको मानसिकता र काम गर्ने शैली पुरानै भएको बताए ।

उनले कर्मचारीका कारण जनताका अधिकार कटौति हुन थालेको समेत बताए । कर्मचारीकै कारण संघीयताप्रति जनता निराश हुन थालेका उनको भनाई रहेको छ ।

संघीयताले घर-घरमा जनतालाई अधिकार दिने परिकल्पना गरेको भए पनि कर्मचारी खटाएको ठाउँमा जान नमान्ने र जनप्रतिनिधिले काम गर्न खोज्दा कानुनी अड्चन देखाएर भाँजो हाल्ने काम गर्नेगरेको उनको आरोप छ ।

प्रकाशित मिति: Dec 6, 2019

प्रतिक्रिया दिनुहोस्