Logo
७ बैशाख २०८१, शुक्रबार
(December 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

SAG : नेपाली महिला क्रिकेट टोली श्रीलंकासँग ४१ रनले पराजित, स्वर्णको सम्भावना समाप्त

काठमाण्डौ : दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेटमा नेपालले दोस्रो हार बेहोरेको छ ।

शुक्रबार भएको खेलमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित भयो । पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका महिला टिमले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १८ रन बनायो ।

नेपालविरुद्ध सुरुवात राम्रो गर्न नसकेको श्रीलंकाले सात रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि ४२ रनमा दोस्रो विकेट खेर फालेको श्रीलंकाको ५७ रन हुँदा चार विकेट झारेको थियो । तर त्यसपछि लिहिनी अप्सरा र सत्या सन्दिपनीले अर्धसतकीय साझेदारी गर्दा श्रीलंकाको पारी सम्हालिएको थियो ।

उसका लागि ओपनर उमिसा थिमासिनीले दुई रन बनाइन् भने जनदी अनालीले ३५ रनको योगदान गरिन् । यस्तै कप्तान हर्षिथा माधवीले १६ रन बनाइन् । यस्तै लहिनीले ३७ रनको योगदान गर्दा सत्याले २२ रनको योगदान गरिन् ।

नेपालका लागि बलिङमा सरस्वती कुमारी र सोनु खड्काले दुई दुई विकेट लिए । जवाफमा नेपालले २० ओभरमा नौ विकेट गुमाउँदा मात्र ७७ रन बनाउन सक्यो ।

प्रकाशित मिति: Dec 6, 2019

प्रतिक्रिया दिनुहोस्