Logo
८ बैशाख २०८१, शनिबार
(December 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रश्नपत्र ‘आउट’ गरेर क्याम्पस प्रमुख छोराछोरीलाई परीक्षा

गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र सीईओका छोराछोरी र भाइभतिजा गरी ५ जनालाई परीक्षामा सामेल गरेको भन्दै आन्दोलनरत विद्यार्थीले विरोध गरेका छन् ।


प्रश्नपत्र बाहिरिएसँगै विद्यार्थी र कलेज सञ्चालकबीच भएको विवादले तनावको स्थिति निम्त्याएको आन्दोलनरत विद्यार्थीले जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्का शास्त्र अध्ययन संस्थान ९आईओएम०बाट सम्बन्धन लिएका कलेजमा बुधबारदेखि पहिलो वर्षको वार्षिक परीक्षा शुरु भएको छ । उक्त कलेजमा पहिलो वर्षमा ९५ जना विद्यार्थी अध्ययनरत रहेकामा कलेज सञ्चालक र सीईओका छोराछोरीलाई सहभागी गराएर परीक्षा सुचारु गरिएको छ ।

परीक्षाको तालिका बिहान १० देखि २ बजेसम्म रहेको छ । प्रश्नपत्र बाहिरिनुमा कलेज सञ्चालकको हात रहेको विद्यार्थीहरुको दाबी रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति: Dec 6, 2019

प्रतिक्रिया दिनुहोस्