Logo
१३ बैशाख २०८१, बिहीबार
(December 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोधरा चाँदनीमा सुख्खा बन्दरगाह स्थापनाका लागि पहल गर्छु : मन्त्री भट्ट

कञ्चनपुर : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह स्थापनाका लागि पहल गर्ने बताएका छन् ।

कैलालीको धनगढी विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले सुख्खा बन्दरगाह सुदूरपश्चिम प्रदेशको मात्र नभएर देशकै समृद्धिसँग जोडिएको विषय भएकाले त्यसका लागि सबैको सहयोग आवश्यक भएको बताए ।

उनले धनगढी अत्तरिया करिडोरमा उद्योग स्थापनाका लागि विस्तुत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरी अघि बढ्ने बताए ।

सरकारले विशेष आर्थिक क्षेत्र घोषणा गरेको कैलालीको डुँडेझारी र कञ्चनपुरको दैजी छेलामा औद्योगिक क्षेत्र स्थापनाका लागि डिपीआर तयार भई अन्य प्रक्रिया अघि बढिसकेको समेत उनले बताए ।

मन्त्री भट्टले व्यापार घाटा कम गराउन निर्यातमुखी उत्पादनलाई प्रोत्साहन गर्न सरकार लागि परेको बताए । उनले गौरीफन्टा नाकामा पशु क्वारेन्टाइन चेकपोष्ट स्थापनाका लागि छिट्टै पहल गर्ने बताए ।

प्रकाशित मिति: Dec 5, 2019

प्रतिक्रिया दिनुहोस्