Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा एक जना मात्र पास

वैदेशिक रोजगारीका लागि जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको पहिलो चरणको परीक्षामा सबै परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।

नेपाल सरकारको उपस्थितीमा जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा एक जना उत्तीर्ण भए भने सिप परीक्षामा सबै फेल भएका हुन् ।

नेपाल र जापानको श्रम समझदारीअनुसार नर्सिङ केयरगिभरमा जाने कामदारले नर्सिङ सेवासम्बन्धी भाषा र सीप उत्तीर्ण हुनुपर्छ ।

परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए र ‘लक्की ड्र’ मार्फत एक हजार जना छनोटमा परेका थिए । तीमध्ये पहिलो चरणको सामान्य भाषा परीक्षामा ४ सय ९७ जना सहभागी भएका थिए । जसमा ५६ जना मात्र उत्तीर्ण भए ।

उत्तीर्ण भएकामध्ये पहिलो चरणमा नर्सिङ भाषा परीक्षामा १२ जना र सीप परीक्षणमा १५ जना सहभागी भएका थिए तर भाषा परीक्षामा एक जना मात्र उत्तीर्ण भए भने सीप परीक्षामा सबै असफल भए ।

प्रकाशित मिति: Dec 5, 2019

प्रतिक्रिया दिनुहोस्