Logo
१३ बैशाख २०८१, बिहीबार
(December 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलनरत एमबिबिएसका विद्यार्थीले गरे परीक्षा बहिस्कार

आन्दोलनरत् चिकित्सा शिक्षा एमबिबिएसलगायतका विद्यार्थीले परीक्षा बहिस्कार गरेका छन् । आजदेखि सुरू हुने भनिएको बिडिएस, नर्सिङलगायत आठ संकायका परीक्षार्थीले परीक्षा बहिस्कार गरेका हुन् । बिहीबारदेखि भने एमबिबिएस पहिलो वर्षको परीक्षा तय भएको थियो ।

युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज र जानकी मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिस्कार गरेका हुन् । आन्दोलनरत् विद्यार्थीमध्ये चितवन मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिस्कार गरेको जनाउँदै बुधबार प्रवेश पत्र जलाएका छन् । चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा चितवनमा विद्यार्थीले प्रवेश पत्र जलाएका हुन् ।

एमबिबिएस पहिलो र दोस्रो वर्षमा उठाइएको गैरकानुनी शुल्क फिर्ता गर्ने सहमति मंसिर १० गते भएको थियो । शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच भएको उक्त सहमति ‘अमूर्त’ रहेको भन्दै विद्यार्थीले त्यसलाई अस्वीकार गरेका छन् ।

शुल्क समायोजन गरिने भनिए पनि एमबिबिएस तेस्रो र चौथो वर्षमा उठाइएको गैरकानुनी शुल्कबारे केही नबोलिएको, कुन शीर्षकमा उठाइएको कति शुल्क फिर्ता गर्ने सहमति भएको उल्लेख नभएको भन्दै विद्यार्थीले अस्वीकार गरिरहेका छन् । चिकित्सा शिक्षाका आठै संकायमा उठाइएको शुल्क फिर्ता गर्नुपर्ने माग विद्यार्थीको छ ।

प्रकाशित मिति: Dec 4, 2019

प्रतिक्रिया दिनुहोस्